Contact Info
- New Baneshwor, Kathmandu
- +977-9767979666
- info@nkks.org.np
- Offsice Hrs: Today 9.00am to 6.00pm
कुशवाहा जातिको उत्पत्ति परिचय एवं इतिहास
कुशवाहा जातिको उत्पत्ति प्राचीन कालदेखि नै भएको हो भन्ने जानकारी धार्मिक ग्रन्थ तथा वेद पुराणको अध्ययनबाट थाहा हुन्छ । भगवान श्री रामका सन्तान कुश र लव थिए भन्ने कुराको उल्लेख हिन्दूूहरूका धार्मिक ग्रन्थ रामायणमा पाइन्छ । श्रीरामचन्द्रका जेष्ठ पुत्र कुशबाट जन्मेका सन्तानलाई पछि “कुशवाहा” भन्न थालियो । वेदशास्त्र तथा पुराणको गहन अध्ययनद्वारा हामी सूर्यवंशीमा अवतरित मर्यादा पुरुषोत्तम रामको जेष्ठ पुत्र परमवीर कुशका वंशज हौँ, भन्ने प्रमाणित भएका छन् । सूर्यवंशी भित्र राजा दशरथको नाति भगवान रामको जेष्ठ पुत्र कुशको वंशजलाई कुशवाहा भनिएको र कुश कै नामबाट कुशवाहा भएको हो । कलान्तरमा कुशवाहा एउटा जातिको रुपमा स्थापित भई पहिचान कायम भएको पाईन्छ । त्यस वंशमा जन्मिएका वंशजहरूलाई पछि चलनचल्तीमा कुशवाहाू भनिन थालियो। “कुश”+“वाहा” (अर्थात् कुशका वंशज) मिलेर बनेको यो नामले गौरवशाली क्षत्रिय पहिचान झल्काउँछ । कालक्रममा कुशका सन्तानहरू “कुशवाहा” नामले चिनिन थाले, जसको अर्थ कुशको वंशज हो।
लवलाई कौशल राज्यको उत्तरी भाग प्राप्त भयो जसको राजधानी श्राबस्ती थियो । कुश अयोध्याका राजा भए । उनको समयमा मथुराको राजा अन्धक थिए । कशको विवाह श्रीमती कमदावती संग भएको थियो । छोरा राघव राजपुत हुदै कछवाहा राजपुत बंश अगाडि बढयो । कछवाहा राजपुत माथि जब अत्याचार बढ्न थाल्यो, त्यसबाट बँच्नका लागि राजपुत जातिहरू यत्रतत्र छरिएर तरकारी उत्पादन गरेर आफ्नो जीवन निर्वाह गर्न थाले । कुशबाट अपभ्रंश भएर कुशवाहा भएको बताउँछन् ।
कुशका वंशजहरूको राजा प्रध्युम्न र अंगदको अलावा अन्य सन्तानहरू जस्तै राजा देवमित्र, राजा भार्गव, र राजा सौमित्र जस्ता नाम पनि पौराणिक कथामा आएका छन्। यी सबै प्रमुख शासकहरू कुशका वंशजका रूपमा परिचित छन् । प्राचीन कालमा यो समुदाय शासक, सेनापति र क्षत्रिय धर्ममा आधारित थियो । मध्यकालमा सामाजिक र राजनीतिक परिवर्तनसँगै उनीहरूले कृषि, उद्योग, र सामाजिक सेवालाई अपनाए । प्रतिकूल अवस्थामा यिनीहरूले आफ्नो जातिसूचक शब्द कछवाहा लाई नै बिर्सिए । अतः कुशवाहा जाति सीताका गर्भ बाट जन्मिएका सूर्यवंशी राजा रामका ज्येष्ठ पुत्र कुशका सन्तान भएका हुनाले कुशवाहा लेख्ने गरेका हुन । तर अध्ययन अनुसन्धानका क्रममा अझसम्म सबै कुशवाहाहरूले आफ्नो नामको पछाडि विभिन्न थर उपाधीले सम्वोधन गरेको देखिन्छ ।
सामान्यतया कुशवाहा कृषिकार्य मा संलग्न भएको पाइन्छ । वंश परम्पराअनुसार यो जातिको मुख्य पेसा कृषिकार्य नै हो । शारीरिक दृष्टिबाट पुष्ट र परिश्रमी थिए । क्षत्रिय धर्म त्याग गरी कृषिकार्य गर्न लाग्दा बन्जरभन्दा बन्जर (उपजाउ नभएका जग्गाहरू) लाई पनि त्यस्तै बनाउन थाले जस्तो दशा यिनीहरू आफ्ना बैरीहरूलाई गर्दथे । पहिले उनीहरू दुष्टका बैरी थिए । तर कलान्तरमा उनीहरू खेतका बैरी बने । यही शब्दपछि अपभ्रंश भएर कोइरी भनिन थालियो । केही विद्वान््हरूको भनाइअनुसार कुशको अव्ययवाचक को अपभ्रंश शब्द कोइरी हो । ‘कोइरी’ शब्द प्राकृत भाषाको शब्द हो । कोइरी शब्दले कृषिकार्य मा संलग्न रहेका केही राजपुत समुदायको हिस्सा जसले आलु, भाण्टा आदि तरकारी उत्पादन गरेर आफनो जीवन जीविका निर्वाह गर्न थाले । त्यति खेर कृषिकार्य लाई समाजमा निकृष्ठ कर्म मान्ने गरिन्थ्यो । जसले गर्दा यस्तो कार्य गर्ने समूहलाई समेत निकृष्टतावाची कार्य का आधारमा कोइरी’ शब्द कालान्तरमा जाति सूचक शब्दबाट सम्बोधित हुन गई आफनो राजपुत जातिबाट छुट्टिन पुग्यो । कुशको वंशज भएका कारणले कुशवाहालाई कच्छवाहा भनिन्छ । यिनले एक ठाउँमा चर्चा गरेका छन् कि प्राचीन ग्रन्थहरूबाट जानकारी हुन्छ कि क्षत्रिय कच्छवाहा मुगलको भय र अत्याचारबाट बँच्नका लागि विभिन्न ठाउँमा छरिएर जहाँ जसले जुन ठाउँ पाए त्यहीं बसी फलफूल र तरकारी खेती गर्दै जीवन निर्वाह गर्न थाले । वास्तवमा यो क्षत्रिय कुशवाहा हो, कच्छवाहा, काछी, कोइरी, दागी, वनफार, मराई, शाक्य, माली, सैनी, भोई आदि एउटै श्रेणीका हुन् । कोइरीलाई कृषीकार जाति भनिन्छ । सँगसब्जी तरकारीको खेती गर्दै स्थानीय बजारहरूमा बेच्ने गर्दथे । यो जाति सूर्यवंशी क्षत्रिय कुशवाहा हो ।
कुशवाहा जाति प्राचिन कालको भारतवर्ष क्षेत्रअन्तर्गत उत्पत्ति भएको देखिन्छ । प्राचिन भारतवर्षको भूभागअन्तर्गत, वर्तमान कालको नेपाल, पाकिस्तान, बंग्लादेश, वर्मा , भूटान समेत समस्त गरी भारतीय क्षेत्र जसलाई आर्यावर्त पनि भनिन्छ । पूर्वकालको सूर्यवंशीय क्षत्रिय वर्ण अन्तर्गत मानिएको कुशवाहाहरू कालान्तरमा जातीय व्यवस्थाको विकासपश्चात् एउटा जातीय स्वरूप ग्रहण गरी समयको प्रवाह साथै स्थान र पेसासमेत परिवर्तन गर्दै यस क्षेत्रको भूभागमा पैmलिएर बसोवास गरेका थिए । यसप्रकार यिनीहरूको जातीय पेसा तरकारी उत्पादन कृषिसित सम्बन्धित हुनपुगेको देखिन्छ ।
कुशवाहा जाति सीमिति बज्जर भूमीमा परम्परागत तरिकाले अधिक तरकारी उब्जाउने मेहनतकश किसान हुन् । यस वंशमा भगवान वुद्ध, सम्राट अशोक, चन्द्रगुप्त मौर्य जस्ता महान् व्यक्तिहरू भएका कुरा उल्लेख गरेका छन्् । यस जातको नेपाल क्षेत्रमा रहेका उपशाखामध्ये दांगी, मघैया, कनौजिया, तिरहुतिया, हलदिया, बभनिया, मौलिहार, रामानन्दी, जरूहार, मथुरिया, बनफर आदि हुन । यो जात समतल भूभागमा बसोवास गर्न मन पराउँछन्। यो जाति बसोवास गर्ने तराई मधेसका जिल्लाहरू झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्र्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ्ग, बाँके, बर्दिया, कैलाली, कंचनपुर आदि रहेका छन् ।
सूर्यवंशी भगवान रामको छोरा कुशको वंशज सूर्यवंशीहरू कहिल्यै पनि दूषित व्यवसायमा संलग्न नभएका र शाकाहार तथा सत्यको पालना गरी शुद्ध जीवनशैली अवलम्बन गरेका छन् । यस जातिले नै मौर्य साम्राज्यको स्थापना गरेको हो भन्ने तर्क पनि रहेको छ । यिनीहरू अहिले सम्म परम्परागत ढङ्गबाट तरकारी खेती गर्दछन् । ज्ञानको अभावका कारण यिनीहरूले वैज्ञानिक प्रविधिको प्रयोग कम मात्रामा गरेको पाइन्छ । त्यसै ले पर्याप्त परिश्रम गरे पनि अधिकांश कोइरीहरूको आर्थिक स्थिति सबल र सशक्त हुन सकेको छैन । प्रमुख थरको रुपमा कुशवाहा, कोइरी, महतो, मेहता, मौर्य, मुराउ, मुराई, वर्मा, मण्डल, शर्मा, सिंह र सिन्हा रहेका छन्् । यस जातिमा पूर्वी नेपालतिर कुशवाहा, कोइरी, महतो र मेहता थरको प्रचलन बढ़ी छ भने पश्चिमतर्फ मोराउ र मौर्य लेख्ने चलन छ । सम्भवतः कुशवाहामा प्रचलित मौर्य प्राचीन मौर्य हुन सक्ने अनुमान गर्न सकिन्छ । कपिलवस्तु को पतनसँगै यस भागबाट यिनीहरू काठमाडौँ उपत्यकामा बसोवास गर्न थाले । काठमाडौँमा कृषि पेसा अपनाई बस्दै आएकाहरू कुशवाहाहरू हुन सक्दछन् । यसरी नेवारी समुदायमा रहेका खेतीपाती गर्ने दक्ष समूह र कुशवाहाबिचको सम्बन्ध खोजीको विषय हुन सक्दछ ।
वंशावली
भगवान् सूर्य (सूर्यदेव)
↓
राजा इक्ष्वाकु
↓
राजा हरिश्चन्द्र
↓
राजा दिलीप
↓
राजा रघु
↓
राजा अज
↓
राजा दशरथ
↓
भगवान् राम
↓
राजा कुश
↓
कुशका सन्तानहरू
↓
कुशवंश → कुशका वंशजहरूको राजा प्रध्युम्न र अंगदको अलावा अन्य सन्तानहरू जस्तै राजा देवमित्र, राजा भार्गव, र राजा सौमित्र जस्ता नाम पनि पौराणिक कथामा आएका छन्। यी सबै प्रमुख शासकहरू कुशका वंशजका रूपमा परिचित छन् ।
कुशवाहा समुदाय
यो वंशावली हिन्दू ग्रन्थहरू जस्तै रामायण, रघुवंश, र विष्णुपुराणमा आधारित छ।







