नेपालमा, कुशवाहा
नेपालमा, कुशवाहा समुदाय विशेषगरी मधेस प्रदेश लगायतका विभिन्न जिल्लामा बसोबास गर्छन्। यहाँ कुशवाहाहरू कृषि, व्यापार, शिक्षा र राजनीतिमा सक्रिय छन्। हालैका दशकहरूमा कुशवाहा समुदायका युवाहरू शिक्षित हुँदै समाज सुधार र सामाजिक जागरणमा पनि अग्रसर छन्।
समुदायको हितका लागि नेपाल कुशवाहा कल्याण समाज जस्ता संगठनहरू स्थापना गरिएको छ, जसले सामाजिक एकता, शैक्षिक विकास, र सांस्कृतिक पहिचानमा योगदान पुर्याइरहेका छन्।
“कुशवाहा” जाती समुदायको अनेक उपाधिहरूछन् ।
कुशवाहा, कोईरी, महतो, मेहता, सिंह, सिन्हा, वर्मा, पटेल, मुराउ, कुशवाहा, कोईरी, महतो, मेहता, सिंह, सिन्हा, वर्मा, पटेल, मुराउ, मौर्य, शाक्य, मंडल, भगत, चौधरी, मुराव, मुराई, काछी, कछवाहा, सूर्यवंशी, दाँगी, मौर्य, शाक्य, मंडल, भगत, चौधरी, मुराव, मुराई, काछी, कछवाहा, सूर्यवंशी, दाँगी, इत्यादि ।
कुशवाहा समुदायको सर्वोत्तम हित र समुन्नतीको पारस्परिक सुसम्बन्ध, समन्वय र सन्तुलन कायम गरी यस समुदायमा रहेका कुरिति, कुसंस्कार, रुढीवादी अज्ञानता तथा अन्धविश्वासलाई हटाई यस समुदायको सुख समृद्धि र एकता नै एक मात्र प्रमुख लक्ष्य भई नेपाल भर बसोवास गर्ने सम्पुर्ण कुशवाहा समुदाय तथा व्यक्तिमा बेला बखतमा देखा पर्न सक्ने सामाजिक, शैक्षिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, मनोवैज्ञानिक तथा अन्य विकृति एवं असंगतिहरुलाई एउटा सबल, सक्षम, समृद्ध र उन्नतिशिल समाजको सृर्जना गर्न नेपाल कुशवाहा कल्याण समाजको स्थापना वि.स. २०४७ साल श्रावन मा भएको हो । यो समाज नेपालभरि रहेका कुशवाहा समुदायका व्यक्तिहरूलाई एकजुट गर्दै समुदायको हित र पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले काम गरिरहेको छ।
समाजको मुख्य उद्देश्यहरूस्
- शैक्षिक उत्थानस् समुदायका बालबालिकाहरूलाई शिक्षा हासिल गर्न प्रेरित गर्नु र छात्रवृत्ति, सहायताजस्ता कार्यक्रम सञ्चालन गर्नु।
- सामाजिक एकतास् कुशवाहा जातिको बीचमा एकता, सद्भाव, र सहकार्य बढाउनु।
- सांस्कृतिक संरक्षणस् परम्परागत र धार्मिक संस्कार, चाडपर्वहरू जस्तै रामनवमी, कुशोत्सव आदिको संरक्षण र प्रवर्द्धन।
- अधिकार र पहिचानको संरक्षणस् नेपालमा मधेशी तथा विशेषगरी कुशवाहा समुदायका अधिकारको लागि आवाज उठाउनु।
- आर्थिक विकासस् कृषिमा सुधार, व्यवसायिक तालिम र स्वरोजगार कार्यक्रमहरू सञ्चालन गर्ने पहल।
गतिविधिहरूस्
- सामाजिक सम्मेलन, अधिवेशन तथा सेमिनारहरूको आयोजना।
- गरीब र विपन्न समुदायका लागि स्वास्थ्य शिविरहरू।
- आपसी विवाह–समारोहहरूमा सहयोग र मार्गदर्शन।
- प्राकृतिक विपद् ९बाढी, महामारी आदि०मा राहत र पुनर्स्थापना कार्यक्रमहरू।