Your gateway to the fascinating world of the Kushwaha community in Nepal. Founded with a passion for preserving and celebrating our rich heritage, we aim to provide an insightful journey into the history, culture, and traditions of the Kushwaha people.
नेपाल कुशवाहा कल्याण समाजले आफ्नो प्रमुख उदेश्यअनुरूप शैक्षिक तथा प्रतिस्पर्धात्मक परीक्षामा उल्लेखनीय योगदान दिने दिशामा अर्को महत्वपूर्ण कदम चालेको छ। समाजले आर्यन कलेज, काठमाडौंसँग छात्रवृत्तिका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ, जसले कुशवाहा समुदायका छात्रछात्राहरूलाई उच्च शिक्षामा पहुँच सुनिश्चित गर्नेछ। साथै, समाजले निःशुल्क अनलाइन लोकसेवा तयारी कक्षा सञ्चालन गरी कुशवाहा तथा विभिन्न जातिका सयौँ विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गराउँदै आएको छ।
सम्झौताअनुसार, आर्यन कलेजमा अध्ययन गर्न योग्य कुशवाहा विद्यार्थीहरूले BE Civil, BIT, BCA, र BBA जस्ता प्रतिष्ठित कोर्सहरूमा छात्रवृत्ति प्राप्त गर्न सक्नेछन्। यो अवसरले समुदायका मेधावी तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई उच्च शिक्षाको मार्गप्रशस्त गर्ने विश्वास गरिएको छ।
यस विशेष कार्यक्रममा नेपाल कुशवाहा कल्याण समाजका केन्द्रीय अध्यक्ष श्री राकेश मेहता लगायत हालका सम्पूर्ण समिति सदस्यहरूको विशेष सक्रियता रहेको छ। समाजले निरन्तर रूपमा शैक्षिक तथा सामाजिक उत्थानका लागि योगदान दिँदै आएको छ, र यो सम्झौता तथा लोकसेवा तयारी कक्षा सञ्चालन त्यसको एक ज्वलन्त उदाहरण हो।
समाजका पदाधिकारीहरूका अनुसार, यो सम्झौता तथा निःशुल्क लोकसेवा तयारी कक्षा केवल सुरुवात मात्र हो। आगामी दिनहरूमा अन्य प्रतिष्ठित शिक्षण संस्थाहरूसँग पनि सहकार्य विस्तार गर्ने तथा लोकसेवा तयारीलाई अझ प्रभावकारी बनाउने योजनाहरू अघि बढाइँदैछन्।
छात्रवृत्ति कार्यक्रम कार्यान्वयनसँगै, योग्य विद्यार्थीहरूलाई उचित मार्गदर्शन र परामर्श प्रदान गर्ने व्यवस्था पनि समाजले मिलाउने प्रतिबद्धता जनाएको छ। नेपाल कुशवाहा कल्याण समाजको यो प्रयास विद्यार्थीहरूका लागि प्रेरणादायी हुनेछ र उनीहरूलाई उज्ज्वल भविष्य निर्माणमा टेवा पुग्नेछ।
Leave A Comment